ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भयो, अब बढाउनु हुन्न : शेखर गोल्छा

  २०७९ जेठ ८ गते १५:०४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको बताएका छन् । महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने अनुमान थियो तर, त्यो अहिले गलत प्रमाणित भयो, म गभर्नरज्यूलाई अब ब्याज बढाउनु हुन्न भन्ने आग्रह गर्छु,’ उनले भने ।

यस्तै, उनले मूल्यवृद्धि कन्ट्रोलमा ध्यान दिनु पर्ने बताए । अध्यक्ष गोल्छाले अहिले अधिकांश देशमा मुद्रास्फिति बढेको बताउँदै नेपालम यसमा सजग बन्नु पर्ने बताए । उनले अब व्यापार घाटा बढ्न सक्ने, खाद्यान्न संकट निम्तिन सक्ने पनि धारणा राखे ।

बजेटका लागि विभिन्न सुझाव दिँदै उनले विद्युतिय उपकरण बढाउनु पर्ने, निर्माणाधीन जलविद्युत आयोजना सस्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने र इन्धनमा लाग्ने कर घटाउनु पर्ने धारणा राखे ।

यस्तै उनले अब कृषिमा कार्यक्रम बढाउनु पर्ने बताउँदै प्रत्येक गाउँपालिकामा तरकारी बजार आवश्यक रहेको, व्याज अनुदानमा सहुलियत, सीप तालिमको व्यवस्था र आयकर ५ प्रतिशत मात्रै हुनु पर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.