सोमबारदेखि सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता हुँदै

  २०७९ जेठ ८ गते १२:५०     विकासन्युज

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ ।

प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ र हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख १० हजार, चौथो हुनेले ९५ हजार, पाँचौं हुनेले ८७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियाेगिताकाे कुल पुरस्कार राशी १४ लाख ६१ हजार रुपैयाँ रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.