मोहन्याल गाउँपालिका अध्यक्षको शपथ नगराउन निर्देशन

  २०७९ जेठ ६ गते १२:४९     विकासन्युज

कैलाली। मोहन्याल गाउँपालिकामा निर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा देवीदत्त उपाध्याय विजयी भएका थिए । उनको पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन आयोगले निर्देशन दिएको हो ।

विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.