गोलाप्रथाबाट वडाध्यक्ष बने समसेर

  २०७९ जेठ ५ गते १८:४५     विकासन्युज

महोत्तरी । बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई उम्मेदवारले बराबरी मत ल्याएपछि गोला प्रथाबाट अध्यक्ष छनौट गरिएको छ ।

गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भइसकेका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए ।

बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंहले बाजी मारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.