आइएमई पे एपबाट हवाई टिकट बुक गर्दा सुनको सिक्का पाइने

  २०७९ जेठ ५ गते १६:२०     विकासन्युज

काठमाडौं । अब आइएमई पे को मोबाइल एपबाट हवाई टिकट बुक गर्दा सुनको सिक्का पाइने भएको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको हो ।

सो योजना अनुसार मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउनेछन् । यस्तै, उक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन् ।

पछिल्लो समय उडड्यन क्षेत्रमा धेरै यात्रुको आकर्षण भएको भन्दै आइएमई पे ले घरमा नै बसेर हवाई टिकट काट्न सक्ने सुविधा ल्याएको छ । धेरै भन्दा धेरै यात्रुहरुलाई हवाईयात्रामा उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले सो योजना सार्वजनिक गरिएको जनाएको छ ।

उक्त योजना सञ्चालन गर्न कम्पनीले केही शर्तहरु तोकेको छ । जसअनुसार आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु उक्त योजनाको निम्ति योग्य हुनेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट पाउने सक्नेछन् ।

यस्तै, आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सकनेछन् भने हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.