वालिङ नगरप्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

  २०७९ जेठ ४ गते १९:३३     विकासन्युज

स्याङ्जा । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरे । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम् प्रतिद्वन्द्वी दिलीपप्रतापले ११ हजार ५९६ मत पाए ।

यस्तै, उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी हुन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएका थिए ।

१४ वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । कुल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.