दिक्तेल रूपाकोट मझुवागढीको मेयरमा तीर्थराज र उपमेयरमा विशन निर्वाचित

  २०७९ जेठ ४ गते १०:४३     विकासन्युज

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई निर्वाचित भएका छन् ।

भट्टराइले ११ हजार ३८९ मत ल्याई निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमारप्रसाद आचार्यले ३ हजार ९९६ मत ल्याई दोस्रो भए ।

यस्तै, माओवादीका उम्मेदवार राई १० हजार ४३८ मत ल्याई उपप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार विणादेवी राईले ७ हजार ३१९ मत ल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.