त्रिविले पनि दुई दिने विदा नदिने

  २०७९ जेठ १ गते १७:०७     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सरकारले लागु गरेको दुई दिने विदा नदिने भएको छ । विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै आइतबार विदा नदिने जानकारी दिएको हो ।

त्रिविले विद्यार्थीको पठनपाठन, विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा संचालन गर्न आवश्यक रहेकाले हाललाई विदा नदिने जानकारी दिएको जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.