प्रभु इन्स्योरेन्सको सीईओमा नियुक्त भएका प्रसाईं बीमा समितिको स्वीकृतिको पर्खाइमा

  २०७९ वैशाख २८ गते ११:३३     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको बैशाख २२ गतेको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि मात्रै उनले सीईओको कार्यभार सम्हाल्ने छन् । स्वीकृतिको लागि बीमा समितिमा पठाइसके पनि हालसम्म उनले स्वीकृति पाएका छैनन् । उनका अनुसार यस विषयमा चुनावपछि मात्रै निर्णय हुने छ ।

‘स्वीकृतिको लागि समितिमा पेश गरिएको छ, अध्यक्ष सरहरु उपत्यका बाहिर हुनुभएकोले हालसम्म निर्णय हुन नसकेको होला, सम्भवतः चुनावपछि होला,’ प्रसाईंले विकासन्युजसँग भने ।

यता समितिले पनि सो बारेमा निर्णय हुन बाँकी रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

प्रसाई यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५/६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।

प्रभुको सीईओ पदमा नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका हुन् ।  यससँगै फागुन १८ गतेदेखि नै कम्पनीको सीईओ पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.