आजदेखि विद्यालय ६ दिन बन्द

  २०७९ वैशाख २८ गते ९:५३     विकासन्युज

फाइल फोटो

काठमाडौं । सरकारी विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द हुने भएका छन् । स्थानीय तह निर्वाचनका लागि सामुदायिक विद्यायलहरु आजदेखि जेठ २ गतेसम्म बन्द हुने भएका हुन् ।

सरकारले मतदानको दिन मात्र सार्वजनिक विदा दिएता पनि आजदेखि विद्यालयहरु बन्द भएका हुन् ।

स्थानीय तह निर्वाचनका लागि अधिकाशं विद्यालयमा मतदान केन्द्र राखिएको तथा शिक्षकहरु निर्वाचनमा खटिएपछि विद्यालय बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा दिन निर्देशन दिएको थियो ।

यस्तै, बैशाख ३१ गते शनिबार, जेठ १ गते सरकारले आइतबार दिएको सार्वजनिक विदा र सोमबार बुद्ध जयन्ती परेकाले विद्यालयहरु लामो समयसम्म बन्द हुने भएका हुन ।

स्थानीय तह निर्वाचनका लागि अधिकाशं कर्मचारीहरु निर्वाचनमा खटिएको भन्दै अधिकाशं सरकारी कार्यालयले सेवाप्रवाह स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.