तीन जिल्लामा समृद्धि फाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०७९ वैशाख २३ गते १३:३८     विकासन्युज

काठमाडाैं । समृद्धि फाइनान्सकाे पुतलीसडक, पोखरा र बुटवल शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।

शुक्रबार सञ्चालन गरिएकाे वित्तिय साक्षरता कार्यक्रम पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा विद्यार्थी, कशोरकिशोरी तथा युवावर्गलाई वित्तीय ज्ञान, सीपकाे बारेमा संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख विक्रम ज्ञवालीले जानकारी गराएका थिए ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.