कसरी फैलियो विमानस्थलमा बम राखिएको हल्ला ?

  २०७९ वैशाख २१ गते १२:५१     विकासन्युज

काठमाडौं । बुधबार करिब एक घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त नै बन्यो । बिहान १०ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अपरिचित नम्बरबाट फोन आएपछि विमानस्थल कार्यालय अस्तव्यस्त बनेको हो ।

विमानस्थल कार्यालयमा ड्युटीमा रहेका कर्मचारीले ल्याण्ड फोनमा आएको फोन उठाएपछि हिन्दी भाषामा वालेकुम अस्सलाम भन्दै बोलेका अपरिचित्र व्यक्तिले आन्तरिक टर्मिनलको ५/६ स्थनानमा बम राखिएको बताए ।

ती व्यक्तिले बम राखिएको सूचना दिएलगतै सम्पर्क विच्छेद भएको थियो ।

कार्यालयका कर्मचारीले अपरिचित व्यक्तिले फोनमा भनेका कुरा विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू सुनाए । सुरक्षाकर्मीले तत्कालै सबै विमानस्थल भित्र रहेका यात्रुहरूलाई सुरक्षित बाहिर निकाले ।

करिब १ घण्टाको समय विमानस्थल अस्तव्यस्त बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एसएसपी भीम ढकाल कार्यालयका कर्मचारीले फोन कलको कुरा गर्दासाथ बम खोज्ने काम सुरु गरिएको बताए । बम डिस्पोजल टोली र कुकुरको परिचालन गरेर बम खोजेपनि नभेटिएको उनको भनाइ छ ।

बम भने कतै फेला नपरेपछि पुनः विमानस्थल सञ्चालनमा ल्याइएको छ । यसको अनुसन्धान भने जारी रहेको उनले बताए ।

भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको जनाएको छ । उक्त एपको प्रयोग गरी नेपालबाटै फोन गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.