समता घरेलु लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

  २०७९ वैशाख १९ गते १६:१७     विकासन्युज


काठमाडौं । नेपाल स्टक एक्चेञ्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बैेशाख १९ गते सोमबार मात्रै समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये समता घरेलु लघुवित्तको २० प्रतिशत अर्थात ५ लाख ७१ हजार २४० कित्ता सेयर नेप्सेमा थपिएको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको पनि ६.६५ प्रतिशत अर्थात ७ लाख ३१ हजार ७२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै उक्त सूचीकृत सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.