दुई दिनयता २४सैं घण्टा लोडसेडिङ भएको भन्दै उद्योगीहरूको आपत्ति

  २०७९ वैशाख १६ गते १७:५८     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर-१ मा विद्युत् प्राधिकरणले विगत दुई दिनयता २४स‌ै घण्टा विद्युत् आपूर्ति बन्द गरेको भन्दै उद्योग तथा व्यापार संस्थाहरूले आपत्ति जनाएका छन् ।

शुक्रबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त विज्ञप्ति जारी गर्दै उद्योग नै बन्द गर्नेसम्मबो चेतावनी दिएका छन् ।

प्राधिकरणले कुनै पनि तालिका सार्वजनिक नगरी विद्युत् आपूर्ति बन्द गर्दा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरू खेर जाने उद्योगीहरूजे बताएका छन् । उक्त समयमा श्रमिकहरूको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

साथै उनीहरूले लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, विद्युतको न्यायोचित वितरण गर्नुपर्ने, विद्युतको डिमान्ड शुल्क खारेज गर्नुपर्ने र कूटनैतिक पहलबाट समाधान खोज्नु पर्ने भन्दै पाँच बुँदे मागसमेत गरेका छन् ।

यसरी विनासूचना पटक-पटक विद्युत् कटौति हुने हो भने उद्योग करकारखाना चलाउनै नसक्ने र तत्काल समाधान नखोज्ने हो भने सम्पूर्ण उद्योगहरु बन्द गर्न बाध्य हुने भन्दै उनीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.