गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

  २०७९ वैशाख १५ गते ११:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् ।

अन्नपूर्ण केवलकार पर्यटकीय स्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको हो ।

गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, एक एक्स्टेन्सन कार्यालय र ५१ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.