हकप्रदको लागि नेपाल फाइनान्सले तोक्यो बुक क्लोजको मिति

  २०७९ वैशाख १४ गते ९:४१     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ । फाइनान्सले आगामी बैशाख २१ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यससँगै बैशाख २० गतेसम्म कायम सेयरधनीले मात्रै संस्थाले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् ।

संस्थाले चुक्ता पुँजीको १ बराबर ०.७० अनुपातमा अर्थात ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद प्रस्ताव संस्थाको २८औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ छ । ७० प्रतिशत हकप्रद पारित पश्चात संस्थाको चुक्ता पुँजी ८३ करोड ८७ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.