एक महिनामै १० अर्बले बढ्यो जीवन बीमाशुल्क, कुन कम्पनीको कति ?

  २०७९ वैशाख १३ गते १८:१७     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । सञ्चालित १९ जीवन बीमा कम्पनीले फागुनको तुलनामा चैत महिनामा १० अर्ब २२ करोड ५७ लाख रुपैयाँ बढी प्रिमियम संकलन गरेका हुन् ।

गत चैतमा बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन रकम गत फागुनमा ९२ अर्ब २० करोड ३२ लाख रुपैयाँ थियो । त्यस्तै, चैतमा मात्रै कम्पनीहरुले १० अर्ब २२ करोड ५० लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।

१९ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमै रहेको छ । इन्स्योरेन्सले चैतसम्ममा २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, एक अर्ब भन्दा बढी प्रिमियम संकलन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाइफ इन्स्योरेन्स छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले १ अर्ब १ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा महालक्ष्मी लाइफ नै छ । महालक्ष्मी लाइफले चालु आवको ९ महिनामा १ अर्ब ८ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.