गभर्नरको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार ११ बजेका लागि बोलाइयो

  २०७९ वैशाख १३ गते १७:४४     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज हेर्दाहेर्दैमा सकिएको छ । आज गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पनि बहस नसकिएको हुँदा बिहीबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेपछि न्यायाधीश मल्ल र मोक्तानको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने आदेश जारी गर्नेछ ।

न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलवार भएको सुनुवाइ जारी भए पनि आज हेर्दाहेर्दैमा सकिएको हो । अब बिहीबार बाँकी बहस हुनेछन् ।

गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारले छानबिन समिति बनाएसँगै गभर्नर स्वतः निलम्बनमा परेका थिए ।

सरकारको निर्णयविरुद्ध गत वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै उनले रिट निवेदन दर्ता गर्न गएका थिए ।

चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गतेका लागि छलफलमा बोलाएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.