अप्पर सोलु हाइड्रोको आईपीओ बैशाख २२ गतेदेखि भर्न पाइने

  २०७९ वैशाख १३ गते ११:०१     विकासन्युज

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर आगामी बैशाख २२ गतेदेखि भर्न पाइने छ । कम्पनीले सोदिनदेखि आईपीओ जारी गर्ने भएसँगै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आईपीओ भर्न पाउने भएका हुन् ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता अर्थात १३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको हाल सोलु दुधकुण्ड नगरपालिका (साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ, गोराखानी, टाप्टिङ्ग र तिङ्गला गाविस) का सम्पूर्ण वडाका बासिन्दाले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । क्यापिटलका अनुसार उक्त क्षेत्रका इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा जेठ ५ गते हुनेछ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलामा जेठ २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । उनीहरुले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कम्पनीलाई आईपीओ जारी गर्न ‘इक्राएनपी आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.