दक्षिण एसियाकै ठूलो विद्युतीय गाडीहरूको फ्लिट सञ्चालन गर्दै साइमेक्स

  २०७९ वैशाख १२ गते १५:३०     विकासन्युज

काठमाडौं । नेपालका लागि विवाइडी अटो इन्डस्ट्रिको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट विवाइडी इसिक्स इलेक्ट्रिक एसयुभी सञ्चालनका लागि सम्झौता गरेको छ ।

दक्षिण एसियामा नै सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरूको फ्लिट रहेको कम्पनीको दाबी छ । नेपालमा आरामदायी इलेक्ट्रिक गाडीहरूको फ्लिट सञ्चालन हुनु विवाइडी र स्पार्क ग्रुप दुवैका लागि कोसेढुंगा साबित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभरसहितको कार सेवा प्रदान गरिरहेको जनाइएको छ ।

पाँचवटा इलेक्ट्रिक, इमिसन फ्री विवाइडी इसिक्स मोडलहरूबाट पहिलोपल्ट फ्लिट सुरु गरेको यसले आगामी दिनमा नयाँ गाडीहरू थप्ने योजना रहेको जनाएको छ । इलेक्ट्रिक प्रविधिमा आधारित विवाइडी इसिक्स गाडीहरूमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको कम्पनीको दाबी छ । यी गाडीमा विश्वभर १० करोड ट्याक्सी र एक करोड ४० लाख माइल प्यासेन्जर बसहरूमा प्रयोग भएर प्रमाणित भइसकेको युएल सर्टिफाइड आइरन–फोस्फेट ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ ।

साइमेक्स इन्कका सिइओ साहिल श्रेष्ठले विवाइडीका इमिसन फ्री इलेक्ट्रिक गाडीहरू नेपालमा प्रवर्द्धन गर्नका लागि विभिन्न अप्सनहरू हेरिरहेको बताए । आफूहरूले सेल्फ ड्राइभका रूपमा विश्वस्त उचित पार्टनर पाएको उनको भनाइ छ । सेल्फ ड्राइभका सिइओ रोशन पोखरेलले विवाइडीको इसिक्स मोडलले प्यासेन्जरलाई आरामदायी यात्रा गराउने, राम्रो रेन्ज र ¥यापिड चार्जिङ गर्ने सबै आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.