बच्चालाई जन्मेदेखि १५ महिनासम्म लगाउनैपर्ने खोपहरु

  २०७९ वैशाख ७ गते १५:५६     विकासन्युज

काठमाडौं । खोपले बालबालिकालाई बाल्यकलमा हुने गम्भिर रोगहरुबाट बचाउँदछ । खोपले शरीरको प्राकृतिक प्रतिरक्षा क्षमतालाई छिटो र प्रभावकारी रुपमा रोगसँग लड्नलाई सहयोग गर्दछ । खोपहरूले बच्चालाई गम्भीर हानी वा मृत्यु निम्त्याउन सक्ने रोगहरूबाट जोगाउन मद्दत गर्दछ ।

युनिसेफको अनुसार दादुराको खोपले मात्रै २००० देखि २०१७ सालसम्म दुई करोड १० लाखको ज्यान बचाएको थियो ।

नेपालले पनि जन्मिएदेखि १५ महिनासम्मको बालबालिकाको लागि राष्ट्रिय खोप तालिका संचालन गर्दै आएको छ । कोभिडको कारण प्रभावित भएको राष्ट्रिय खोप तालिका फेरी पुरानै लयमा फर्किएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहलले बताए ।

१ । जन्मने बित्तिकै

एउटा बच्चलाई जन्मने बित्तिकै बिसिज अर्थात ब्यासिलस क्यालमेट गिहान खोप लगाइन्छ । यस खोपले क्षयारेगबाट बच्नलाई मद्धत गर्दछ । यो दायाँ भागको माथिल्लो पाखुरामा लगाइन्छ । क्षयरोग वा कुष्ठरोग सामान्य हुने देशहरूमा, स्वस्थ बच्चाहरूलाई जन्मेपछि जति सक्दो चाँडो लगाउन सिफारिस गरिन्छ ।

२ । ६ हप्तामा

बच्चा ६ हप्ताको हुँदा उसलाई रोटा, डिपिटी।हेप बी।हिब, ओरल पोलियो भ्याक्सिन र पि।सि।भि भ्याक्सिनको पहिलो मात्र लगाइन्छ । रोटा खोपले रोटाभाइरसबाट हुने झाडापखलाबाट बच्न मद्धत गर्दछ ।

डिपिटी।हेप बी।हिबे खोपले बच्चालाई ५ वटा रोगबाट बच्न मद्धत गर्दछ । भ्यागुते रोग, लहरे खोकी, घनुष्टंकार, हेपाटाइटिस बि र हेमोफिलस इन्फल्युन्जा बि बाट यस खोपले बालबालिकालाई सुरक्षित राख्दछ । यो बाँया तिघ्राको मध्य बाहिरी भागमा लगाइन्छ ।
झोलको रुपमा मुखबाट दिइने पोलियोको औषधी पोलियो रोगबाट बचाउन र पि।सि।भि भ्याक्सिन निमोनियाबाट बचाउन दिइन्छ ।

३ । १० हप्तामा

बच्चा ६ हप्ताको हुँदा उसलाई रोटा, डिपिटी।हेप बी।हिब, ओरल पोलियो भ्याक्सिन र पि।सि।भि भ्याक्सिनको दोस्रो मात्र लगाइन्छ ।

४ । १४ हप्ता

बच्चा १४ हप्ताको भएपछि डिपिटी।हेप बी।हिबको तेस्रो मात्र र इन्याक्टिभेटेड पोलियोभाइरस भ्याक्सिन

५ । ९ महिना

बच्चा ९ महिनाका हुँदा निमोनियाको लागि पिसिभि भ्यक्सिनको तेस्रो मात्रा लगाइन्छ । यस्तै यो समयमा दादुरा र रुबेलाबाट बचाउन दादुरा रुबेला भ्याक्सिन लगाइन्छ ।

६ । १२ महिना

एउटा बच्चा १२ महिनाको हुँदा जापनिज इन्सेफलाइटिज भ्याक्सिनक लगाउनु पर्दछ ।
यो खोप लामखुट्टेको टोकाइबाट दिमागमा हुने जापानी इन्सेफलाइटिस संक्रमण रोक्नलाई लगाइन्छ । यो भाइरस सुँगुर र चराहरूमा पाइन्छ र संक्रमित जनावरहरूलाई टोक्दा लामखुट्टेमा सर्छ । यो खोप दायाँ तिघ्राको माथिल्लो बाहिरी भागमा लगाइन्छ ।

७ । १५ महिना

बच्चा १५ महिनाको भएपछि दादुरा रुबेलाको दोस्रो मात्र दिइन्छ । सरकारले टाइफाइडको खोपको महत्वलाई मध्यनजर गदै सरकारले यस वर्षदेखि टाइफाइडको खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्ने भएको छ ।

नेपालले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड खोपको रुपमा टाइफाइड कन्जुगेट भ्याक्सिनको यस वषदेखि लगाउन सुरु गरेको छ । यो हालसम्मकै प्रभावकारी देखिएकाले यसलाई प्रयोगमा ल्याइएको परिवार कल्याण महाशाखाका प्रमुख विवेक कुमार लालले बताए ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालमा खाना र पानीजन्य सङ्क्रामक रोगमध्ये विगत तीन वर्ष यताको तथ्याङ्कलाई केलाउँदा टाईफाईड तेस्रो स्थानमा पर्छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख दाहालका अनुसार अस्पतालमा भर्ना हुने कारणमध्ये यो रोग चौथो कारणमा पर्दछ ।

अहिले नेपालमा टाइफाइड खोप अभियान चलिरहेको छ । वैशाख १८ गतेसम्म अभियान संचालन हुने बताइएको छ ।

परिवार कल्याण महाशाखाको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.