बिहीबार डब्लुएचओका महानिर्देशक नेपाल आउने

  २०७९ वैशाख ७ गते १३:०३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन‍् ।

तीन दिने भ्रमणको सिलसिलामा उनी नेपाल आउने भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा नेपाल आउन लागेका उनी वैशाख ८ देखि १० गतेसम्म नेपालमा रहने पराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डब्लुएचओका महानिर्देशकले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेट गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.