गभर्नर अधिकारीकाे निलम्बनको विरोधमा राष्ट्र बैंकमा कालाे ब्यानर प्रदर्शन

  २०७९ वैशाख ४ गते १२:५०     विकासन्युज

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विरोध गर्दै राष्ट्र बैंकमा कालो ब्यानर झुण्ड्याएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर अधिकारीको निलम्बनको विरोध गर्दै राष्ट्र बैंकमा कालो व्यानर प्रदर्शन गरेको हो ।

‘कालो ब्यानरमा केन्द्रिय बैंकको स्वायत्ततामाथिको हस्तक्षेप बन्द गर, गभर्नर अधिकारीमाथिको कारवाही प्रक्रिया फिर्ता गर, संकोटन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्दारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ लगायतका नाराहरु समावेश छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत प्रक्रियामा लिप्त वित्तीय माफियाको चंगुलमा फस्छन् त्यसपछि केन्द्रिय बैंकको नेतृत्वमाथि हस्तक्षेप तथा आक्रमण हुने गरेको बताए ।

विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकरप्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.