सेन्चुरीमा शताब्दी बचत खाता खोल्दा चार किसिमका नि:शुल्क बीमा सुविधा

  २०७९ वैशाख २ गते १२:३९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ ।

उक्त खातामा ग्राहकहरूले वार्षिक ८.०३ प्रतिशत ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा एक लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

शताब्दी बचतखाता खोल्दा ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरूलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरूमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ ।

सेञ्चुरी बैंकले हाल १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.