स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अनलाइनबाट हुने

  २०७८ चैत २८ गते १३:४६     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने भएको छ ।

यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको हो ।

नेपाल सरकारले लागू गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमितले एक लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ ।

यस अन्तर्गत हाल सम्म ५३ लाखभन्दा बढी लाभग्राहीहरु रहेका छन् । उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको हो । स्वास्थ्य बीमाबोर्डले यस कदमलाई एक महत्त्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिएको छ जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.