‘बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले संकट आयो’

  २०७८ चैत २७ गते १४:४९     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले नै अहिलेको संकट आएको बताएका छन् । नेकपा एमालेको केन्द्रीय प्रचार परविभागले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुबीच नाफा कमाउन खोज्ने अस्वभाविक प्रतिस्पर्धाले पनि अहिलेको संकट आएको बताएका हुन् ।

‘बैंकहरुले कम व्याजमा कर्जा दिने, मै ठूलो हुँ भनेर अस्वभाविक प्रतिस्पर्धा गर्ने प्रवृत्तिले अहिलले संकट आएको हो,’ उनले भने ।

साथै, उनले क्रिप्टोकरेन्सी हाइपर फण्डमा लगानी गर्दा बढ्दा पैसा हराएकाे र यस्ता गतिविधि कम गर्न सरकार र मातहतका निकायले काम गर्न नसकेकाे बताए । र, सरकारले लोडसेडिङ गर्न डराएकोले महँगो बिजुली किनिरहेको उनको भनाई छ ।

यस्तै, उनले हल्का कुरा गरेर बजारलाई अन्याेलमा नराख्न सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.