म्यानेजर अफ द इयरबाट एनआईसी एसियाका न्यौपाने सम्मानित

  २०७८ चैत २७ गते ९:०२     विकासन्युज

काठमाडौं । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले  न्यापानेलाई म्यानेजर अफ दी इयरबाट सम्मानबाट सम्मानित गरेको हो ।

यस सम्मानले आफु निकै हर्षित भएको उनले बताएका छन् । ‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु। यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु,’ उनले भनेका छन् ।

उनको को पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि  ८६ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ रुपैयाँ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

एनआइसी एशिया बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.