म्यानको अध्यक्ष बने उपेन्द्र पौडेल, यस्तो बन्यो नयाँ कार्यसमिति

  २०७८ चैत २७ गते ८:४८     विकासन्युज

काठमाडाैं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् ।  उनले ३६४ मत पाएका छन् ।

कार्यसमितिमा पौडेल पक्षीय सदस्य बढी निर्वाचित भएपछि उनी स्वतः अध्यक्ष बनेका छन् । अध्यक्षका लागि  रमण नेपालकाे पनि  दावी थियाे ।

शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण प्रसाद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राना अधिकारी, व्यवसायी अश्मी राना, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी (श्रेष्ठ), हेम कुमारी अधिकारी रहेका छन् ।

कार्यसमितिमा व्यक्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ। उता संस्थापक तर्फबाट कार्यसमिति सदस्यमा विजयी हुनेहरूमा नबिल बैंकबाट मनोज ज्ञवाली, कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेन्टबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारी, नेपाल बैंक लिमिटेडबाट कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.