एनसीसी बैंकका ग्राहकलाई दराज अनलाइनबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

  २०७८ चैत २५ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र दराज अनलाइन सपिङ बिच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महा-प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ को दिनदेखि सीमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकले आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन अनुरोध गरिन्छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो ।

बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.