बैंककमा ग्राउन्डेड निगमकाे जहाज काठमाठौं ल्याइयो

  २०७८ चैत २४ गते ११:३८     विकासन्युज

काठमाडौं । बैंककमा ग्राउन्डेड बनेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (न्यारोबडी) जहाज नियमित सञ्चालनमा आएको छ ।

गत अप्रिल १ तारिखमा बैंकको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा निगमको न्यारोबडी जहाजको टायरमा (पांग्रा) समस्या आएको थियो । टायरमा समस्या आएको जहाज ६ दिनपछि मर्मत गरेर काठमाडौं ल्याईएको हो ।

बैंककमा बिग्रिएको जहाज थाई एयरवेजका प्राविधिक टिमको सहयोगमा चारवटै टायर फेरेर सञ्चालनमा ल्याइएको निगमका प्रवक्ता अचर्ना खड्काले जानकारी दिइन् ।

उनका अनुसार थाई एयरवेजको प्राविधिकको सल्लाहमा चारवटै नयाँ टायर राखिएको हो । प्राविधिकको सल्लाह अनुसार निगमले गत २ अप्रिलमा ४ वटा टायर कतार एयरवेजको विमानमार्फत बैंकक पठाएको थियो ।

न्यारोबडी जहाज बैंककमा बिग्रिएपछि रोकिएका १४१ जना यात्रुलाई निगमले ४ अप्रिलमा वाईडबडी विमान मार्फत काठमाडौं ल्याएको थियो । १ अप्रिलमा ग्राउन्डेड बनेको जहाजको मर्मत गरेर ६ अप्रिल काठमाडौं ल्याईएको निगमले जनाएको छ ।

टेक अफका क्रममा टायरमा समस्या देखिएपछि निगमले सो घटनाको अध्ययनका लागि निगमकै गुणस्तर आश्वासन विभागका निर्देशकको संयोजकत्वमा ७ सदस्‍यीय उच्च स्तरीय छानबिन उपसमिति गठन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.