जीवन बीमा कम्पनीले उठाए ९२ अर्ब बढी प्रिमियम, सिटिजन र प्राइमबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा (सूचीसहित)

  २०७८ चैत २१ गते ९:००     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका लाइफ इन्स्योरेन्सहरुले ९२ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामै ९२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका हुन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ वटाले कम्पनीले १ करोड ११ लाख ७९ हजार ७२८ वटा बीमालेख संख्या जारी गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

समीक्षा अवधिमा नेपाल लाइफले ८ लाख ५९ हजार ६०४ वटा बीमालेख जारी गरी २३ अर्ब ९३ करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, बढी बीमालेख संकलन गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । जसले ८ महिनामै ११ अर्ब ११ करोड ७७ लाख रुपैयाँ बराबरको प्रिमियम उठाउन सफल भएको छ ।

३ देखि ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्नेमा ४ कम्पनी छन् । मेटलाइफ, सिटिजन, प्राइम र सूर्या लाइफ इन्स्योरेन्सले ३ अर्बदेखि माथि र ४ अर्बभन्दा कम प्रिमियम उठाएका छन् । जसमध्ये बीमाशुल्कको आधारमा दुई कम्पनी (सिटिजन र प्राइम लाइफ) बीच ‘नेक टु नेक’ प्रतिस्पर्धा देखिएको छ । तर प्राइमभन्दा सिटिजन अगाडि छ ।

समीक्षा अवधिमा सिटिजनले ३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्राइम लाइफले पनि ३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यता बीमालेख संख्याको आधारमा पनि सिटिजन लाइफ अगाडि नै देखिन्छ । प्राइमले १ लाख ६२ हजार ७१३ वटा बीमालेख जारी गर्दा सिटिजनले ८ लाख ९६ हजार २८४ वटा बीमालेख जारी गरेको समितिले जनाएको छ ।

कुनको कति ? (सूचीसहित)

त्यसैगरी, दुईदेखि तीन अर्ब रुपैयाँ बराबरको प्रिमियम उठाउनेमा ५ कम्पनी छन् । जसमा सन नेपाल, रिलायबल नेपाल, ज्योति, आईएमई र गुराँस लाइफ हुन् ।

त्यस्तै, १९ कम्पनीमध्ये १८ वटा कम्पनी अर्ब क्लबमा सजिलै प्रवेश गरिसकेका छन् । तर महालक्ष्मी लाइफ इन्स्योरेन्स भने करोड क्लबमै छ । समीक्षा अवधिमा कम्पनीले ३२ हजार २२३ वटा बीमालेख जारी गरी ९३ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

महालक्ष्मी लाइफ नयाँ बीमा कम्पनी हो । हाल कम्पनी आईपीओ जारी गरेर पब्लिकमा जाने प्रकृयामा छ । कम्पनीले आगामी असारसम्ममा आईपीओ जारी गरिसक्ने समेत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.