१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारीको भाडा, कुनमा कति ? (सूचीसहित)

  २०७८ चैत २० गते १५:३९     विकासन्युज

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर १५ प्रतिशतसम्म बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको स्वीकृतिमा विभागले यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशतसम्म भाडादर बढाएको हो ।

सरकारले पछिल्लो पटक गत असार २८ गते सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको विभागले जनाएको छ । वैज्ञानिक भाडा निर्धारणका १३ सूचक छन् जसमध्ये पेट्रोलियम पदार्थले ३५ प्रतिशत ओगट्छ ।

अहिले विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर समायोजन गर्न लागेको हो । संविधानअनुसार दुई वा त्योभन्दा बढी प्रदेशमा चल्ने राष्ट्रिय लामो दूरीको सवारीसाधनको भाडादर सरकारले निर्धारण गर्छ ।

प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीसाधनको भाडादर सम्बन्धित सरकारले निर्धारण गर्ने व्यवस्था छ । लामो रुटमा भाडादर बढेपछि स्वतः मध्यम र स्थानीय रुटमा चल्ने सवारीसाधनमा भाडादर बढ्ने गर्छ ।

यस्तो छ नयाँ भाडादरको सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.