पाटन कलेज फर प्रोफेसनल स्टडीजका ८८ जना विद्यार्थी दीक्षित

  २०७८ चैत १९ गते १६:२७     विकासन्युज

काठमाडौं । ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको दिक्षान्त समारोहमा ८८ जना विद्यार्थी दीक्षित भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो दीक्षान्त समारोहमा क्याम्पसका बी. एससी आँनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ र बिबिए अध्ययन गरेका ८८ विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. भोला थापाले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गरे । त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जालानले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

अध्यक्ष जालानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताए । उनले यसको लागि दुवै पक्षको सहकार्यका लागि सरकार नीतिगत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कलेजका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए । साथै सो कार्यक्रममा विशेष अतिथीको रुपमा नेपाल ब्रिटेन चम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र खेतानको पनि सहभागीता रहेको थियो ।

नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ साथै संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको छ । युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रैकिङ अनुसार विश्वको ६०० देखि ८०० स्थानको बिचमा पर्छ ।

सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको यो कलेजले अहिलेको व्यवसायिक युगलाइ सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । यसैले कलेजले विषयगत विविधतालाई ध्यानमा राखेर मुलुकलाई आवश्यक पर्ने विभिन्न विषयका जनशक्ति यही उत्पादन गर्ने योजनाअनुरुप उच्च शिक्षा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.