पुँजी साढे २ अर्ब पुर्याउने प्रस्तावसहित आईएमई जनरलले डाक्यो वार्षिक साधारण सभा

  २०७८ चैत १८ गते ११:१४     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो ।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ बराबरको नगद लाभांश प्रस्तावलाई सभाले पारित गर्दै छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । ७ प्रतिशत बोनस पारित भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।

कम्पनीले सभामा जाने प्रयोजनको लागि २०७८ चैत २५ गतेदेखि २०७९ बैशाख ९ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै २०७९ बैशाख ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

सम्बन्धित समाचार

आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.