नेपाली उत्पादनको निर्यात प्रवर्द्धनबारे छलफल

  २०७८ चैत ९ गते १७:२७     विकासन्युज

भतरपुर । उद्योग वाणिज्य संघ, चितवनले बुधबार एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

चितवन जिल्लाबाट भारत र तेस्रो मूलुक वस्तु तथा उत्पादन निर्यात गर्ने कम्पनीका प्रमुख एवम् सचिवालयका कर्मचारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदीले नेपालको उत्पादन बाह्य बजारमा निर्यात गर्दा उक्त वस्तु नेपालमा उत्पादन भएको हो, भन्ने प्रमाण पत्र आवश्यक रहेको बताए । कार्यक्रममा उपाध्यक्ष सुवेदीले उद्योग वाणिज्य संघ, चितवनले निर्यात प्रवर्द्धनका लागि चितवन जिल्लाका उद्योग र उद्योगबाट उत्पादन भएका वस्तुहरूलाई वाह्य बजारमा बिक्री वितरण गर्नका लागि अध्ययन गरी छिट्टै उत्पादन, आयातकर्ता र निर्यातकर्ताबीचको अन्तरक्रियात्मक भेला आयोजना गर्न जनाएको छ ।

उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले नेपाल सरकारले नेपाल उद्योग वाणिज्य महासंघमार्फत विगत केही वर्षदेखि उत्पत्तिको प्रमाणपत्र निष्काशन गर्नका लागि उद्योग वाणिज्य संघ, चितवनलाई अनुमति दिएको बताउँदै उक्त कार्य सूचना प्रविधिको सदुपयोग गर्दै छिटो, छरितो र समयानुकुल बनाउनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा विभिन्न कम्पनीका प्रमुख एवम् प्रतिनिधि, संघका सम्बन्धित कर्मचारी लगायत २० जनाको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.