भोलि बिहान ६ बजेसम्मका लागि यातायात कार्यालयको सेवा बन्द

  २०७८ चैत ९ गते १७:०९     विकासन्युज

काठमाडौं । सर्भरमा विद्युतीय समस्या आएपछि यातायात व्यवस्था विभागले सम्पूर्ण सेवाहरु बन्द गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै बिहीबार बिहान ५ बजेसम्मका लागि सबै सेवाहरु बन्द हुने जनााएको हो ।

विभागले यसअघि आज साँझ ५ बजेदेखि अनिश्चितकालका लागि सेवाहरु बन्द रहने जनाएको थियो । पुन सूचना सच्याउँदै गर्दै विभागले बिहीबार बिहान ६ बजेसम्मका लागि सेवाहरु बन्द रहने जनाएको हो ।

यसअघि पटक पटक विभागको सर्भरमा समस्या आउँदा सवारी लाइसेन्सको अनलाईन फर्म देखि लाइसेन्स नवीकरण लगायतका सेवाहरु अवरुद्ध हुँदै आएका छन् ।

विभागले चैत १ गतेदेखि अनिश्चितकालका लागि सवारी लाइसेन्सको अनलाईन आवेदन रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.