चैत १० देखि १३ गतेसम्म फ्लोरा एक्स्पो

  २०७८ चैत ७ गते १७:२५     विकासन्युज

काठमाडौं। यही चैत १० देखि १३ गतेसम्म २३औं फ्लोरा एक्स्पो ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पो आयोजनाबारे जानकारी गराएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न हुने सो एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औंजारहरूको समेत प्रर्दशनी गरिने एशोसिएशनका वरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्काले जानकारी दिए ।

एक्स्पोमा अफिसिएल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र व्यावसायिक स्टल ५६ सहित ६२ वटा स्टल रहनेछन । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सहआयोजना तथा बागमती प्रदेश सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा सम्पन्न हुनेछ । एक्स्पोमा ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.