जुम्लामा चार वर्षपछि चालक अनुमतिपत्र वितरण हुँदै

  २०७८ चैत ७ गते १६:३२     विकासन्युज

खलङ्गा । चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ ।

पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो । जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ ।

ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए ।

विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्तिम साताबाट जुम्लामै सुरु भएको छ । चालक अनुमतिपत्र दिइने भएपछि सबैभन्दा बढी राहत अटो चालकलाई भएको यातायात व्यवस्था कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए ।

बढ्दो माग र जनगुनासोपछि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.