जोनशनको प्रायोजनमा बेबि पेजेन्ट शो आयोजना हुँदै

  २०७८ चैत ६ गते १६:०९     विकासन्युज

काठमाडौं । जोनशनको मुख्य प्रायोजन तथा एभरेष्ट बैंक र हिमालय हर्बलको सह-प्रायोजनमा एक भब्य बेबि पेजेन्ट शो आयोजना हुने भएको छ ।

३ वर्ष देखि ७ वर्ष सम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको छ । जारी प्रेस विज्ञप्ति अनुसार प्रतिस्पर्धामा ३ वर्षदेखि साढे ४ वर्षका बालबालिका ‘र्‍याप वाक विथ मदर’ इभेन्टमा सहभागी हुन सक्नेछन् । त्यस्तै साढे चार वर्षदेखि ७ वर्षभन्दा मुनिका बालबालिकाहरू ‘र्‍याप वाक’ मा सहभागी हुन सक्नेछन् ।

बेबि पेजेन्ट शोमा भाग लिनेले यही चैत ११ गतेभित्र सम्पर्क गर्नुपर्छ भने विभिन्न चरण पार गर्दै चैत २६ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।

दुवै इभेन्टमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश: ५०, २५ र १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताले बालबालिकामा रहेको सोचाइ अनुभूति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.