टीएमएसमा आएको समस्याबारे अर्थमन्त्रीको चासो, दोषी पहिचान गरी कारवाही गर्न निर्देशन

  २०७८ चैत ५ गते २१:०२     विकासन्युज

फाइल फोटो

काठमाडौं । गत सोमबार ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा देखिएको समस्याका विषयमा अर्थमन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन् । शनिबार अर्थमन्त्रालय मातहतका निकायहरुको दोस्रो त्रैमासिकको समीक्षा कार्यक्रममा उनले यस विषयमा चासो व्यक्त गरेका हुुन् ।

केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै उक्त सममस्याको तत्कालन छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए ।

‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो, यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक बिषय मात्र होइन जस्तो लाग्छ, यो समग्र पुँजी बजारलाई नै असर गरेको छ, यसमा दोषी को हो कारवाही हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभाष हुने गरी सेवा दिनसक्नुपर्ने बताए । ‘हाम्रो कार्यशैलीमा सुधार गरौं र हामीले गरेको काम जनस्तरसम्म पुग्ने गरी जिम्मेवारी बहन गरौं’ उनले भने ।

सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न उनले निर्देशन दिए । गत सोमबार दिनभर टीएमएसमा समस्या देखिएको थियो । टीएमएसमा समस्या देखिएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका थिएनन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकरको डाटा सेन्टरमा समस्या आएको बताएको थियो ।

सम्बन्धित सामग्री: टीएमएस नचलेपछि नेप्सेका सीईओसहित प्राविधिक टीम छलफलमा, कोरोबारकाे समय थपिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.