पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति सत्ता गठबन्धनका विद्यार्थीको विरोध

  २०७८ चैत ५ गते १७:२४     विकासन्युज

काठमाडाैं । सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति विराेध जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी विराेध जनाएकाे हाे ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ, अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ । हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं ।’

विज्ञप्तिमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.