ट्रायलमा फेल भएकालाई लाइसेन्स दिने पोखराका कार्यालय प्रमुखविरुद्ध मुद्दा

  २०७८ चैत ४ गते १५:२२     विकासन्युज

काठमाडौं । सवारी चालक अनुमतिपत्रको परीक्षामा फेल भएका चालकलाई सवारी लाइसेन्स दिने यातायात व्यवस्था कार्यालय पोखराका तत्कालिन कार्यालय प्रमुखविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

ट्रायल दिँदा नै फेल भएकाहरूलाई लाइसेन्स दिएको भन्दै तत्कालिन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारका प्रवक्ता भण्डारीका अनुसार २०७५, २०७६ कात्तिक र २०७६ मंसिरमा भएको परीक्षामा उनीहरूले १६६ परीक्षार्थीको लाइसेन्स प्रमाणित गरेका थिए भने ट्रायलमा पास भएका २ जनालाई फेल गराएका थिए । अख्तियारका अनुसार पास भएका केही परीक्षार्थी ट्रायल परीक्षामा उपस्थितसमेत नरहेको पाइएको छ ।

अख्तियारले शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरुद्ध आज मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिमको सजाय माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.