‘बैंकहरुले विना जानकारी ८% व्याजबाट १२% पुर्याए, राष्ट्र बैंकले नियमन गर्न सकेन’

  २०७८ चैत २ गते १९:१३     विकासन्युज

काठमाडौं । साना उद्योगी तथा व्यवसायीहरुले बैंकहरुले विना जानकारी व्याज बढाएको गुनासो गरेका छन् । तरलताको अभाव देखाउँदै बैंकहरुले विना जानकारी कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएको व्यवसायीहरुले गुनासो गरेका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका निर्वतमान श्यामप्रसाद गिरीले बैंकहरुले व्यवसायीहरुलाई विना जानकारी व्याज बढाइरहेको बताए । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तरलता लगायतका विभिन्न कारणहरु देखाउँदै बैंकहरुले कर्जाको व्याज बढाएको बताएका हुन् ।

‘अहिले बैंकहरुले विना जानकारी व्याजदर ८ प्रतिशतबाट १२ प्रतिशतसम्म पुर्याएका छन्, यसमा राष्ट्र बैंकले सही ढंगले नियमन गर्न सकेको छैन, राष्ट्र बैंकले प्रोपर गाइड गरोस,’ उनले भने ।

यस्तै, उनले व्यवसायीहरुले पुनरकर्जाको लागि आवेदन दिएपनि अधिकांशले नपाएको पनि गुनासो गरे । कोरोनाको कारण ४० प्रतिशत साना उद्योगी विस्थापित भएको उनको भनाई छ ।

यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले पनि नेपाल राष्ट्र बैंक तथा बैंकहरुले पनि सम्झौता गरेका विभिन्न किसिमका सहुलियत कर्जा पनि कार्यान्वयन नभएको बताए ।

‘हामीले राष्ट्र बैंकसँगै विभिन्न बैंकहरुसँग ९ प्रकारका सहुलियत कर्जा सम्झौता गरेका थियौं  तर, त्यसको कार्यान्वयन नै भएन, कर्जाका फाइल त्यतिकै अड्केका छन्, मौद्रिक नीति तथा तथा बजेटमै भएका कतिपय सुविधाहरु पनि हामीले पाएका छैनौं,’ उनले भने ।

उनका अनुसार अहिले पनि साना उद्योगीहरुका अधिकांश मागहरु सरकारले सम्बोधन गर्न सकेको छैन । स्थानीय राजश्व परामर्श समितिमा नेपाल घरेलु तथा साना उद्योगीहरुको प्रतिनिधित्व नभएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा महासंघकी उपाध्यक्ष शोभा गुरुङले महिला उद्यमीहरुले बैंकबाट विनाधितो कर्जा नपाएको गुनासो गरिन् ।

‘महिला उद्यमीहरुले विनाधितो कर्जा पाउन गाह्रो भइरहेको छ, महिला उद्यमशिलता तथा सहुलियत कर्जाका लागि पहल गर्यौं तर, हुन सकेको छैन, हामीले महिलाहरु उद्यम सिकाइरहेका छौं, अनलाइन तालिम दिइरहेका छौं,यसमा सरकारले पनि सहयाेग गराेस्’ उनले भनिन् ।

2 comments on "‘बैंकहरुले विना जानकारी ८% व्याजबाट १२% पुर्याए, राष्ट्र बैंकले नियमन गर्न सकेन’"

  • pramod regmi says:

    जब नियामक निकाय नेपाल राष्ट्र बैंक लाई नै अन्य बैंक फाईनान्स बिकाश बैंक तथा बित्तिय संस्थाहरुले अपहेलना गर्दै अबज्ञा गर्दछन भने के हविगत भोग्नु पर्ला यो देशका आम नेपाली नागरिकले सओचै त ?

  • c.k.shahi says:

    GIVE FREEDOM TO BANK TOINCREASE INTEREST RATES UP UP.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.