इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा इसेवा वालेटका एजेण्टबाट पनि पाइने

  २०७८ चैत २ गते १३:०६     विकासन्युज

काठमाडाैं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ ।

इसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ भने इसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ ।

यी दुई कम्पनी एफवान सफ्न इन्टरनेशनलका अन्तर्गतका भगनी संस्था हुन् । यो सँगै, अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत आएको रेमिट्यान्स इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै अब इसेवा वालेटका देशभरी रहेका १ लाख ३० हजारभन्दा बढि जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत समेत पाइनेछ । त्यस्तै, इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिनेछ ।

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.