गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

  २०७८ फागुन ३० गते १९:११     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ।

अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियमहरु पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो ।

‘मैचा’ को ब्याट्रीले १ केडब्लुएच चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो इभी (विद्युतीय सवारी) टोली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.