नेपाल फाइनान्सको विस्तारित काउन्टर कालिमाटीमा

  २०७८ फागुन २३ गते १२:५८     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो दोस्रो विस्तारित काउन्टर संचालनमा ल्याएको छ । फाइनान्सले फागुन २२ गतेदेखि कालीमाटीमा आफ्नो दोस्रो विस्तारित काउन्टर संचालनमा ल्याएको ल्याएको हो ।

विस्तारित काउण्टरको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष प्रा। हिरेन्द्रमान प्रधानले गरेका थिए । नेपाल फाइनान्स निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको हो ।

सस्थाले आधुनिक बैंकिङ्ग सेवाको साथै कनेक्ट आइपिएसस, आइपिएस आरटिजिएस, डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग एवंक डेबिट कार्ड मार्फत सम्पूर्ण शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.