एनआईसी एशिया क्यापिटल छैठौं वर्षमा, सेवामा विशेष छुट 

  २०७८ फागुन २२ गते १८:४३     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया क्यापिटल लगानी व्यवस्थाप सेवामा ५ मा ५ अफर ल्याएकाे छ । क्यापिटलले पाँचौं वर्ष पुरा गरेको अवसरमा आफ्नाे ५ वटा याेजनामा छुट अफर ल्याएकाे हाे ।

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्चस्तर सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत मसान्तसम्म लागु हुनेगरी विशेष छुट योजना ल्याएको जनाएकाे छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गतको ५ मा ५ छुट योजना अन्तर्गत क्यापिटलले लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई पहिलो वर्षको वार्षिक नविकरण शुल्कमा ५० प्रतिशत छुट,
इन्कम ग्यारेन्टिड फण्ड अन्तर्गत हाल ११.३० प्रतिशत रहेकोमा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट र  मेरो शेयर खाता दिने छ ।

क्यापिटलकाे ५ वटा याेजना

१ . एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत 

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्दा खरिद गरिएको इकाईभन्दा २० प्रतिशत बढी इकाई वा अधिकतम १ हजारसम्मको इकाई थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने छ । उक्त योजना चैत मसान्तसम्म इकाई खरिद गर्ने ग्राहकहरुले मात्र प्राप्त गर्नेछन ।

२ . मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत

एनआई सी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत आइडिया टु आइपीओ नामक नयाँ सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको विचार हुँदै आइपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ । उक्त सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् ।

३ . निक्षेप सदस्य सेवा अन्तर्गत

‘एक नेपाली, एक डिम्याट’ खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्चस्तरकाे ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुट सहित विभिन्न योजनाहरु संचालन गरिरहेको छ । पाँचौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत चैत मसान्तसम्म निःशुल्क डिम्याट खाता सेवा सहित थप नयाँ योजना संचालन गरेको छ ।

४. एन आई सी एशिया केटाकेटी डिम्याट सेवा

क्यापिटलले बालबालिका लक्षित डिम्याट खाता सेवा संचालनमा ल्याएको छ । उक्त एन आई सी एशिया केटाकेटी डिम्याट सेवाका विशेषताहरु निम्न अनुसार रहेको छ ।
-निःशुल्क डिम्याट खाता ।
-२ वर्ष सम्मको डिम्याट खाता नविकरण शुल्कमा छुट ।
-५ वर्ष सम्मका बालबालिकाहरुले मात्र यो सेवा लिन सकिने ।
-एनआईसी एशिया क्यापिटल, एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा एनआईसी एशिया क्यापिटलको इलष्लिभ डिम्याट सेवा मार्फत समेत उक्त सुविधा लिन सकिने ।

क्यापिटलले पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाडाैं लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.