एक महिनामै नेपाल भित्रिए १९ हजार विदेशी, भारतीय बढ्दा चिनियाँ पर्यटक घटे

  २०७८ फागुन १९ गते १५:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । सन् २०२१ को तुलनामा २०२२ लागेपछि विदेशी पर्यटकको आवागमनमा बृद्धि भएको हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको फेबु्रअरीको तथ्यांक अनुसार एक महिनामा १९ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन ।
सन २०२१ को फेब्रुअरीको तुलनामा २०२२ मा नेपाल आउने विदेशीको संख्या ११६ प्रतिशतले बढेको हो । २०२१ को फेब्रुअरीमा ९ हजार १४६ जना पर्यटक नेपाल आएकोमा २०२२ को सोही अवधीमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएका हुन ।

तथ्यांक अनुसार भारतबाट ५ हजार ९९८ र चीनबाट २०५ जना मात्र नेपाल आएका छन् । गत वर्ष भारतबाट ४ हजार ७६३ जना  पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा भारतबाट ३० प्रतिशत बढी भारतीय पर्यटक नेपाल भित्रिएका हुन । भारतबाट आउने पर्यटकको संख्यामा बृद्धि भएतापनि चीनबाट आउनेको संख्यामा ७१ प्रतिशतले कमी आएको छ । गत वर्षको सोही अवधिमा चीनबाट ७०८ जना विदेशी नेपाल भित्रिएका थिए ।

यस्तै, दक्षिण एशियाली मुलुकबाट ७ हजार २६२ जना, अन्य एशियाली देशबाट ९५३ जना, युरोपबाट ४ हजार ८१३ जना, ओशियानाबाट १ हजार ७३ जना, अमेरिकी मुलुकबाट ३ हजार ६१४ जना र अन्य देशबाट २ हजार ५१ जना पर्यटक नेपाल आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.