एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, बढ्यो नन्स्टप यूट्युबको भोलुम पनि

  २०७८ फागुन १७ गते १३:०४     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै कम्पनीले नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र १४७ रुपैयाँमा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउनेछन् ।

पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको हाे ।

ग्राहकले *१७१२३# डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि *१७१२३# डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । यी प्याकहरु आज मंगलबार (फागुन १७) बाट लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.