एमसीसीले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ: परिसंघ

  २०७८ फागुन १६ गते १४:३९     विकासन्युज

काठमाडाैं । नेपाल उद्याेग परिसंघले एमसीसीले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकाे छ । लामो छलफल र बहसपछि नेपाल र  एमसीसीबीच भएकाे सम्झाैता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगैं साेमबार विज्ञप्ती जारी गर्दै परिस‌ंघले यस्ताे बताएकाे हाे ।

परिसंघले एमसिसी कम्प्याक्टमा उल्लेख भए बमोजिम आयोजना कार्यान्वयन प्रारम्भ भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधान नेपालको विकास व्यवस्थापनका लागि नमूना सावित हुने बताएकाे छ ।

‘विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसिसीअन्तर्गतका आयोजनाले भूमिका खेल्ने हाम्रो विश्वास छ । मिलेयिनम च्यालेन्ज अकाउन्ट नेपाललाई सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयमा समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएकाे छ ।

एमसिसी सहयोगअन्तर्गत निर्माण हुने चारसय केभी क्षमताका लप्सिफेदी–रातामाटे, राटामाटे–हेटौँडा, रातामाटे–दमौली–बुटवाल प्रसारण लाइन र सबस्टेसन नेपालको आन्तरिक विद्युत प्रसारण प्रणालीको सुधार र अन्तरदेशीय विद्युत व्यापारका लागि महत्वपूर्ण रहेकाे परिसंघले जनाएकाे छ ।

परिसंघकाे अनुसार पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु–दाङ खण्डको स्तरोन्नति त्यस क्षेत्रको आर्थिक विकास, व्यापार सहजीकरण र जीवनस्तर सुधारका लागि महत्वपूर्ण हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.